RUMPUM
animated ellipse animated ellipse

मिल्क होली डे बन्द हुन्छ : मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ आश्विन २०७५, बिहीबार १६:३५
3
Shares
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कार्यालयको उदघाटन गर्दै मुख्यमन्त्री राई
विराटनगर / दुग्ध उत्पादक कृषकहरुलाई प्रोत्साहन गर्न मिल्क होलिडे बन्द गरिने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । प्रदेशमा मिल्क होलिडे मार्फत दैनिक खेर गैरहेको एक लाख लिटर दुधलाई पाउडर बनाउने बताउँदै मुख्यमन्त्री राईले होलीडे बन्द गर्ने बताएका हुन् ।

भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयले स्थापना गरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री राईले विराटनगरस्थित दुग्ध विकास संस्थान केन्द्रको परिसरमा धुलो दुध उत्पादन गर्ने मेसिनलाई स्तोउन्नति गरिने बताए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका मुख्य मन्त्री राईले कृषिको आधुनिक व्यवसायिक उद्योगको रुपमा विकास गरी रोजगारी प्रदान गर्न सरकारले विज्ञहरुसंग परामर्श र छलफल गरिरहेको बताए । मुख्यमन्त्री राईले कृषिलाई प्रदेशको समृद्धिको आधार वनाई यस क्षेत्रमा कृषिमा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन गृद्धि गरी आयात विस्थापन गर्ने सरकारले कार्य गरिरहेको जानकारी दिए । उनले प्रदेशमा वंगुर पालनको प्रचुर सम्भावना रहेको र यसको मासु निर्यातका लागि वजारको रुपमा लागि छिमेकी देश भारतको सिक्कम, अरुणाचल प्रदेश,दार्जेलिङ र भूटानमा रहेकोले कृषकलाई आवश्यक प्राविधिक र ज्ञान प्रादेशिक सरकारले दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर