AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नाम र स्थायी राजधानीको चाँडै टुङगो लाग्छ–मन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ आश्विन २०७५, मंगलवार १८:१९
3
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले केही दिन भित्र नै प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लगाउने बताएका छन् ।

मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) प्रदेश संसदीय दलको दुई दिनदेखि चलेको बैठकले प्रदेशको नाम र स्थायी राजधानीका लागि शहरका विषयमा छलफल भएको र आउँदो शुक्रवारसम्ममा एउटा निश्कर्ष पुग्ने बताए । उनले नामको ट्ङगो लागे पछि विभिन्न राजनीतिक दलहरुसंगको छलफल पछि प्रदेश सभामा पेश गरी यही अधिवेशन भित्र प्रदेशको नाम र स्थायी राजधानीको घोषणा गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर