RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्ग मोडेल परिक्षा सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ आश्विन २०७५, सोमबार २०:४८
3
Shares
विराटनगर / विराटनगरस्थित अरनिको कलेजमा मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्ग अध्ययन गर्न चाहने विद्यार्थीहरुले नमुना प्रवेश परिक्षा लिएका छन् ।

परिक्षामा ३ सय १२ विद्यार्थीहरुको सहभागिता रहेको अरनिको कलेजका को-ओर्डिनेटर विकास खनालले बताए । परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको छ ।

अहिले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा १२ को परिक्षा दिए पछि मेडिकल, प्यारामेडिकल वा इन्जिनियरिङ्ग पढ्न चाहेमा आइ.ओ.एम वा आइ.ओ.इ वा सम्बन्धित विश्वविद्यालयको परिक्षाहरु दिनु पर्ने हुन्छ । दस हजार भन्दा बढी विद्यार्थीहरुले यी परिक्षा दिए पनि यिनिहरुमा एक सयको हाराहारीमा मात्र छात्रवृत्ति सिट हुने गर्दछ । आफुहरु यो अवस्थाबाट गुज्रिएकोले अब आफ्ना जुनियरहरुलाई परिक्षाको तयारी कसरी गर्नु पर्छ र सो परिक्षामा कसरी नाम निकाल्न सकिन्छ भन्ने कुरा सिकाउन उक्त परीक्षा गरिएको परीक्षा संयोजक हर्सित जैनले दिए ।

विराटनगरस्थित अरनिको कलेजले मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्ग अध्ययन गर्न चाहने विद्यार्थीहरुकालागि कक्षा ११ देखि नै प्रवेश परिक्षाकालागि तयारी कक्षाहरु संचालन गर्दै आएको छ र हालै सम्पन्न काठमाडौ विश्वविद्यालयको एम.बि.बि.एसतर्फको प्रवेश परिक्षामा बिराटनगरबाट मात्र अरनिको कलेजका ३ जना विद्यार्थीले पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।

अहिले बिराटनगर पूर्वमै शिक्षाको केन्द्रविन्दु बने पनि यहाँबाट मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्ग क्षेत्रमा नाम निकाल्ने विद्यार्थीहरुको संख्या एकदमै कम रहेको र यस्ता परिक्षाहरुले विद्यार्थीहरु प्रोत्साहित गर्दा मेडिकल, प्यारामेडिकल र इन्जिनियरिङ्गको तयारीमा ठूलो सहयोग गर्ने अरनिको कलेजका को-ओर्डिनेटर खनालले बताए ।

आगामी दिनहरुमा बिराटनगर, इटहरी र धरानका अरु कलेजहरुमा पनि यस्तै परिक्षा संचालन गर्ने परिक्षा संयोजक जैनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर