RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको जमघटमा म्युजिक अवार्ड हुदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ आश्विन २०७५, शुक्रबार १७:५३
3
Shares
विराटनगर / आगामी असोजको १९ गते विराटनगर स्थित विरेन्द्र सभागृहमा ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को सातौं संस्करण हुने भएको छ । स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीत संगीतको आधार नामक नाराका साथमा सो अवार्ड कार्यक्रम हुन लागेको हो ।

मुलुकभित्र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना हुन लागेको गीत संगीतको महाउत्सव यस अवार्ड समारोहको सह आयोजक हामी युवा विराटनगर रहेको छ ।

बिराटनगरमा पहिलो पटक राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु उपस्थितिमा रहने उक्त ‘सातौँ म्यूजिक खबर म्यूजिक अवार्ड’मा विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिने भएको छ । सह–आयोजक संस्था हामी युवा विराटनगरका अध्यक्ष जिना कार्कीले सो कार्यक्रममा उत्कृष्ट पाँच विधा तथा कलाकारलाई अवार्ड प्रदान गरिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर