AArya
RUMPUM
animated ellipse animated ellipse

चौथो प्रदेशस्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ आश्विन २०७५, बिहीबार २०:२९
3
Shares
सुनसरी / इटहरीमा रहेको प्रगती समाज सेवा क्लबले प्रत्येक बर्ष आयोजना गर्दै आएको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता यसबर्ष असोज २५ गतेदेीख हुने भएको छ ।

चौथो संस्करणको प्रदेशस्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष बिक्रम थापाले जानकारी दिए । क्लबले प्रत्येक बर्ष बडा दशै तथा शुभ दिपावलीको अबसरमा भलिबल प्रतियोगिता आयोजना गर्ने गरेको छ ।

तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका बिभागिय टिम आर्मी, जनपथ र शसस्त्र प्रहरी सहित १० टिमको सहभागिता रहने अध्यक्ष थापाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्नका लागी १० लाख खर्च लाग्ने र यसबर्ष देखि बिजेता र उपबिजेताले पाउने पुरस्कार राशीमा बृद्धी गरिने बताइएको छ । गत बर्ष प्रतियोगिता विजेता टीमलाइ ५१ हजार रुपैयाँ र दोस्रो हुनेले २६ हजार नगद रुपैयाँ प्रदान गरिएको थियो । यसबर्ष सो पुरस्कार राशीलाइ बढाउने तयारी भएको अध्यक्ष थापाले बताए । बिगत बर्ष विश्व आदर्श स्कुलको खेल मैदानमा हुने सो प्रतियोगिता यसबर्ष देखि क्षेत्रिय रंगशालामा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर