पूर्वाञ्चल खबर
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन् ।
उनीहरुले खुर्सिद आलमको हत्यापछि विभिन्न आतंकवादी संगठनसँग जोडेको भन्दै आपत्ती समेत जनाए । पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनका संयोजक समीम मियाँ अन्सारीले मुस्लिम समुदायमा मात्रै नभएर यो आक्रमण देशको शान्ति सुरक्षामा प्रश्न उठ्ने गरी भएको भन्दै छानविनको माग गरे ।
खुर्सिद आलमलाई विभिन्न संगठनसँग जोडर समाचार आएको विषयमा बोल्दै उनले छानविन समितिले सबै विषयमा छानविन गरी सार्वजनिक गर्नु पर्नेमा जोड दिए ।
गठबन्धनका महासचिव मोहम्मद जाकिर हुसेनले छानविन समितिले तोकिएको समयभित्रै दोषि पत्ता लगाई यथार्थ बाहिर ल्याउनु पर्ने माग गरे । उनले घटनाको विषयलाई लिएर कुनै पनि तत्वले गलत ढंगले भ्रम सिर्जना गरी सामाजिक सुव्यवस्थामा खलल पु¥याउने कार्य नगर्न पनि आग्रह गरे ।
नेकपाका केन्द्रीय सदस्य महफुज आलमले नेपालमा पसेर भारतका अपराधीले जथाभावि गोली हानेको हुन सक्ने आशंका व्यक्त गरे । नेपालको सुरक्षाको आवश्यक प्रबन्ध नहुँदा समाजलाई खलल पु¥याउने गरी चलखेल भएको र मुस्लिम अगुवामाथि हुने श्रृंखलाबद्ध आक्रमणको अन्त्य हुनु पर्नेमा जोड दिए ।
यस्तै मृतक आलमका भाई जावेद अन्सारीले घटनाको छानविन र दोषिलाई कारबाहीको माग गरे । खुर्सिदको हत्या भएपछि भ्रम फिँजाउने तरिकाले आएका समाचारप्रति आपत्ती जनाउँदै उनले घटनालाई गुपचुपमा राख्ने प्रपञ्च भएको बताए ।