AArya
RUMPUM
animated ellipse animated ellipse

‘हिमालयन ड्राइभ पाचौ अन्तराट्रिय कार ¥याली’ हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ मंसिर २०७३, मंगलवार १४:४४
3
Shares
२८ मंसिर, विराटनगर/ ‘हिमालयन ड्राइभ पाचौ अन्तराट्रिय कार ¥याली’ आगमी फागुनको दोस्रो साताबाट सुरु हुने भएको छ ।
नेपाल अटोमोबाईल एसोसिएसनको आयोजनमा फागुन १४ देखि चैत २० गतेसम्म हुने भएको हो ।
एसोसिएसनले आज विहान विराटनगरमा पत्रकार सम्मेलन गरी अन्तराष्ट्रिय कार ¥यालीमा तीन देशको सहभागिता रहने जानकारी गराएको छ ।
¥यालीमा नेपाल, भारत र भुटानका गरी ६० थान चार पाङग्रे सवारी साधनमा २ सय ५० जनाको सहभागिता रहने एसोसिएसनका अध्यक्ष कविन श्रेष्ठले जानकारी दिए ।
संस्कृती, पर्यटन र व्यावसायीहरु बिचको आपसी समन्वयको विकास गर्ने उद्देश्यले हुने ¥यालीमा ४० वटा मात्र कारले प्रतिस्पर्धामा भाग लिनेछन् । अन्य २० वटा अपिसियल कारहरु हुनेछन् । ट्राफिक नियमलाई पालना गरी हुने प्रतियोगिताको बिजेता घोषणा पनि त्यही अनुरुप हुनेछ ।
फागुन १४ गते भारतबाट सुरु भएको ¥याली भुटान हुदै नेपालको पशुपतीनगरबाट भित्रीदै बिर्तामोर्ड, इटहरी, भेडेटार, हुदै चैत १९ गते धनकुटाको हिलेमा पुग्नेछ । भोली पल्ट विराटनगरको जनआन्दोलन चोक हुदै सिलगुढीमा चैत २० गते समापन हुने उपाध्यक्ष भविसकुमार श्रेष्ठले जानकारी गराएका छन् ।
प्रतियोगिताको बिजेताले नगद एक लाख ६० हजार, द्धीतीयले ८० हजार हजार र तृतीयले ४० हजार रुपैयाँको साथै ट्रफीसमेत प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालबाट ५ वटा कार र बाँकी भारत र भुटानबाट सहभागि जनाउने भएका छन् । प्रतियोगिताका लागि नेपालतर्फ करीव १० लाख खर्च हुने अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर