RUMPUM
animated ellipse animated ellipse

अरनिकोमा संविधान दिवसमा कविता तथा वक्तृत्वकला प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ आश्विन २०७५, बुधबार २०:४८
3
Shares
विराटनगर / अरनिको आवासीय माध्यमिक विद्यालय विराटनगरले संविधान दिवसको अवसरमा कविता तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

विद्यार्थीहरुमा रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ । आज भएको वक्तृत्वकलातर्फ क्रमशः अर्जुन आचार्य, सवनम सुब्बा, अभिषेक चौधरी र गुन्जन अग्रवालले प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हाँसिल गरेका छन् भने कवितातर्फ क्रमशः दिपेश गुरागाई, रुसा चौहान, एलिना पराजुली र अष्टिन कार्कीले प्रथम द्वितीय, तृतीय र सान्तवना स्थान हाँसिल गर्न सफल भएका थिए ।

प्रतियोगितामा कलेजमा अध्ययनर कक्षा ११ र १२ विद्यार्थीहरु सहभागि रहेका थिए । कवितातर्फ ३२ जना प्रतियोगी सहभागी भएका थिए भने वक्तृत्वतर्फ २५ जना प्रतियोगीको सहभागिता रहेको थियो । प्रतियोगितको विजेता छात्र, छात्राहरुलाई विद्यालयका प्रिन्सिपल राजेश कार्की, सञ्चालक सदस्य डा. भविन्द्र निरौला शिक्षक अरुण कोइराला, शम्भु आचार्य, शरण गौतम र अर्जुन ढुंगानाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक विमल भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर