पूर्वाञ्चल खबर
आज त्रिभुवन विश्वविद्यालय सभाको साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन आवश्यक शिक्षित, सक्षम र दक्ष जनशक्ति बनाउने गरी शैक्षिक नीति तथा कार्यक्रम बनाउनुपर्ने आवश्यक्ता रहेको बताए ।
त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले मानव उचित सभ्य र सुसंस्कृत समाज निर्माण हुने गरी राज्यले शैक्षिक नीति लिनु पर्ने पनि पारे । उनले मुलुकलाई सुशासन र आर्थिक उन्नतिको बाटोमा अघि बढाउनुको विकल्प नरहेको उल्लेख गर्दै सव क्षेत्रलाई लक्ष्य हासिल हुनेगरी अघि बढन समेत आग्रह गरे ।
दीगो विकास लक्ष्य हासिल हुने गरी अघि बढन त्रिभुवन विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीले सचेत गराए । प्रधानमन्त्री ओलीले सन् २०३० भित्र दीगो विकास लक्ष्य हासिल गरिसक्ने प्रतिवद्धता नेपालले पनि जनाएकाले त्यही अनुसारको काम, कारबाही अघि बढाउन विश्वविद्यालयका पदाधिकारीलाई आग्रह समेत गरे ।