पूर्वाञ्चल खबर
उच्च अदालत विराटनगरको आदेशमा उनी साधारण तारेखमा छुटेका हुन् । गोरेका सहयोगी रामकुमार तिवारीलाई पाँच हजार धरौटी बुझाउन उच्च अदालतले आदेश दिएको हो ।
आइतवार न्यायाधीस उमेशराज पौडेल र उमेशकुमार सिंहको इजलासले डीएसपी केसीलाई साधारण तारेख र तिवारीलाई धरौटी छाडने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्टार नारायण रेग्मीले जानकारी दिए ।
उच्च अदालतको ५ नम्बर इजलासका न्यायाधीश पौडेल र सिंहले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेशलाई उल्टयाउँदै केसीलाई साधरण तारिकमा र तिवारीलाई धरौटिमा छोड्न आदेश दिएका हुन् ।
जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिदा साधारण तारिकमा राखि मुद्दाको कारबाही अगाडी बढाउन आदेश आएको उच्च अदालत विराटनगरका रजिष्ट्रार रेग्मीले जानकारी दिए । मुलुकी ऐन अदालती बन्दवस्तीको ४७ नम्बर बमोजिम साधारण तारिकमा छोडन केसीलाई आदेश दिएको उनले बताए ।
केसी र तिवारीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारिकमा छोडन माग राख्दै असार ७ गते अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए । केसी पक्राउ पर्नुअघि अपराध अनुसन्धान महाशाखा काठमाण्डौका डिएसपी रहेका थिए । यस प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो । उनी पक्राउ परेका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको थियो