AArya
RUMPUM
animated ellipse animated ellipse

रेखा थापाले भनिन्- म नेपाल र राप्रपाको झण्डा ओढेर मर्न चाहन्छु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ मंसिर २०७३, मंगलवार १३:२७
3
Shares
२७ मंसिर, काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झण्डा ओढेर मर्न चाहेको बताएकी छिन् । सोमबार कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थापाले यसअघि आफूले माओवादी पार्टीको सदस्यता नलिएको समेत स्पष्टीकरण दिइन् ।

रेखालाई सोमबार इन्द्रेणी फुडल्याण्डमा राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेशको पत्र र माला लगाएर स्वागत गरेका थिए । यसपछि, पार्टीका अन्य सदस्यहरुले रेखालाई माला लगाइदिएका थिए । रेखाका साथमा उनकी आमा सरस्वती थापा पनि राप्रपामा प्रवेश गरेकी छिन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नायिका रेखाले आफू हिन्दु नारी भएकाले गर्दा राप्रपा नै आफ्ना लागि उपयुक्त पार्टी भएको बताइन् । उनले नेपाल र राप्रपाको झण्डा ओडेर आफूले मर्न चाहेको बताइन् । रेखाले भनिन्- ‘मेरो पहिलो र अन्तिम पार्टी नै राप्रपा हुनेछ ।’

रेखाले भनिन्- ‘म गर्वका साथ के भन्न सक्छु भने, यो नै मेरो घर थियो । यो नै मेरो विचारसँग सहमत पार्टी थियो । म हिजोका दिनमा जनलहर चलेको बेला अरु कुनै पार्टीमा पुगेकी थिएँ ।’

रेखाले जनलहर चलेका बेलामा कलाकार भएको हिसाबले आफू जनलहरसँगै, जनताको खुशीका निमित्त देशलाई केही हुन्छ भन्नका लागि माओवादीमा गएको बताइन् । रेखाले माओवादी पार्टीको कार्यकर्ता भएको विषयमा भनिन्- ‘म यो कुरा स्पष्ट गर्न चाहन्छु, म एउटा सफल कलाकार थिएँ । यही भएर एउटा दलले मलाई राम्रो उम्मेदवारका रुपमा टिकट दिनु स्वाभाविक थियो । तर, मैले टिकट पाएर पनि लिइनँ, पाइनँ ।

सायद, यो मेरो लक भएको हुन सक्छ । म कुनै पनि पार्टीको सदस्यता नलिएको स्वतन्त्रता नागरिएक थिएँ । आजको दिन मैले सदस्यता लिएर राप्रपामा प्रवेश गरेकी छु । यो नै मेरो पहिलो पार्टी हो र सधैं रहनेछ ।’

रेखाले राष्ट्र र राष्ट्रियताका लागि आफूले सम्झौता गर्न नसक्ने पनि बताइन् । उनले आफू हिन्दुवादी नारी भएको बताइन् । उनले आफूले राजनीति बुझेदेखि नै आफूलाई मन पर्ने नेता कमल थापा रहेको र सधैं रहिरहने बताइन् । अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर