पूर्वाञ्चल खबर
उर्लाबारी—९ खोपिँडाडा निवासी श्रेष्ठले क्लवको स्तरोउन्नती र समाजका विविध पाटाहरुमा पुर्याएको योगदानको कदर गर्दै आरम्भले सोमबारेमा साँस्कृतिक कार्यक्रममा सम्मान गरेको हो । श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी रतुवामाई नगरपालिकाका प्रमुख रविन राई र क्लवले सम्मान पत्र हस्तान्तरण गर्दै दोसल्ला ओडाए । श्रेष्ठले तिज पर्व नेपालीहरुको साझा पर्व भैसकेको बताउँदै पर्वले जातिय सद्भाव बढाएको बताए । श्रेष्ठले समाजमा आफ्नो एकल लगानीमा धेरै सहयोग गरे ।
क्लवले सोमबारेमा तिज बिशेष कार्यक्रममा नाटकलगायत विभिन्न साँस्कृतिक कार्यक्रम गरेको थियो ।