RUMPUM
animated ellipse animated ellipse

ट्रकले ठक्कर दिँदा सहचालकको ज्यान गयो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ भाद्र २०७५, बुधबार २०:१५
3
Shares
विराटनगर / कृषि सामाग्री कम्पनी लिमिटेडको खाद्य गोदाम विराटनगरको ट्रकले किच्दा एक जनाको ज्यान गएको छ ।

आज दिउँसो ना ५ ख ५८८८ नम्बरको ट्रकले आफ्नै सहचालकलाई सामान अनलोड गर्ने क्रममा ठक्कर दिँदा ज्यान गएको मोरङ प्रहरीले जनाएके छ । बाहिरबाट ल्याइएको खाद्यान्न गोदाममा अनलोड गर्न भन्दा पहिला गाडीलाई मिलाउने क्रममा थर खुल्न नसकेका करिब २२ बर्षियका प्रज्वलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता निशान थापाले जानकारी दिए ।

प्रहरीले ट्रकका चालक काभ्रेको ज्याम्दी गाउँपालिका ३६ बर्षिय विनोद साहीलाई नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर