पूर्वाञ्चल खबर
फाइनलमा पुग्ने विराटनगरमा रहेको सगरमाथा, केराबारी गाउँपालिकामा रहेको केयू एकाडेमी, पथरीशनिश्चरे नगरपालिमा रहेको न्यू पेगेडा र रङ्गेली नगरपालिकामा रहेको भानु मेमोरियल स्कूल फाइनलमा पुगेको कार्यक्रम संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा निजी तथा आवासीय विद्यालयका २ सय २० वटा विद्यालय सहभागि रहेको प्याब्सनको कोषाध्यक्ष इन्द्र राईले जानकारी दिए । आउँदो भदौ २९ गते उक्त प्रतियोगिताको बिजेताले २० हजार रुपैयाँ, द्धितीय १५ हजार र तृतीय १० हजार रुपैयाँ रहेको प्याब्सन मोरङले जनाएको छ । प्रतियोगिताको सेमिफाइनलमा १६ जनाको सहभागि रहेको थियो ।