RUMPUM
animated ellipse animated ellipse

एसियन स्कुल अफ च्याम्पियनसिपलागि नेपाली खेलाडि छनौट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० भाद्र २०७५, बुधबार २०:०४
3
Shares
फाइल तस्वीर
विराटनगर / भारतको आगारामा हुन लागेको एसियन स्कुल अफ च्याम्पियनसिप २०१८ मा सहभागि हुने २० जना खेलाडी छनौट भएका छन् ।

विराटनगरमा भएको छनौट खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई छनौट गरिएको हो । काठमाण्डौंमा भएको ललित स्मृती यू १८ च्याम्पियनसिपबाट उत्कृष्ट ८० जना मध्येबाट ३५ जनालाई छनौट गरी विराटनगरमा ल्याइएको थियो । गत साउन ३० गतेबाट विराटनगरको सहिद रङ्गशालामा गरिएको बन्द प्रशिक्षणमा २० जना खेलाडी छनौट गरिएको हो ।

बन्द प्रशिक्षणको पहिलो चरण अन्र्तगत ३५ जनाबाट २४ छनौट भए भने दोस्रो चरणको छनौटबाट २० जना उत्कृष्ट खेलाडीलाई छनौट गरिएको मुख्य प्रशिक्षक चेतनाराण श्रेष्ठले जानकारी दिए । आगामी असोज ४ देखि १४ गतेसम्म हुन लागेको एसियन स्कुल अण्डर १८ फुटबल च्याम्पियनसिपको ४६ औं सस्करणको खेल हुदैछ ।

भारतको आगराको भौगोलिक मौसम र विराटनगरको मौसम मिल्ने भएका कारण विराटनगरमा बन्द प्रशिक्षण गरिएको नेपाली राष्ट्रिय यु १८ टिमका व्यवस्थापक रुपेश अधिकारीले जानकारी दिए ।

छनौटमा परेका विष्णु कुमार केसी, विशाल सुनवार, सुर्य अधिकारी, विकास खवास
नविन गुरुङ, राजन गुरुङ, अशिम गुरुङ रहेका छन् । त्यस्तै संदिप पौड्याल, संञ्जित राई, नितिन थापा, मनिस थापा, जय गुरुङ, दिनेश हेम्जन, बुद्ध वल तामाङ, रितिक खड्का, अनुप गुरुङलगायत छनौटमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर