AArya
RUMPUM
animated ellipse animated ellipse

निमार्ण प्रारम्भ भएको १७ वर्ष पुगिसक्दा पनि बनेन पुल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ भाद्र २०७५, मंगलवार ०७:३६
3
Shares
विराटनगर / मोरङको सिङ्गिया खोलाको पुल निमार्ण प्रारम्भ भएको १७ वर्ष पुगिसक्दा पनि हालसम्म पूरा हुन सकेको छैन ।

मोरङको ग्रामथान गाउँपालिका र बुढिगङ्गा गाउँपालिका जोड्ने सिङ्गिया खोलामा २०५८ सालदेखि पुल निर्माण थालिएको थियो । विराटनगरका ठेकेदार सुरेश खरेलले ठेक्का लिएर निर्माण शुरु गरे पनि पुल निर्माण सम्पन्न भएको छैन । यसविषयमा स्थानीयले पटक–पटक पुल बनाउन दवाव दिए पनि ठेकेदार पक्षले कुनै चासो नदेखाएको स्थानीयहरु बताउँछन् ।

ग्रामथान गाउँपालिकाको तेतरियाबाट बुढिगङ्गा हुँदै सुनसरीको दुहवी जोडिने महत्वपूर्ण बाटोमा पुल नबन्दा स्थानीयहरू झण्डै १५ किलोमिटर घुमाउरो अर्को बाटो प्रयोग गर्न वाध्य भएका छन् । विवेक निर्माण सेवा प्रालीले तत्कालिन समयमा १ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता गरी पुल निर्माणको काम शुरु भए पनि ठेकेदारले बीचमै काम छोडेका थिए । तात्कालीन समयमा पुल निर्माणका लागि ल्याएको सामाग्री पटक–पटक लुटपाट भएको र चोरी गरेर हैरान भएपछि ठेकेदारले पुल निर्माणको काम नगरेको दाबी गरेको छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा काम गर्न त्यही बाटो भएर दैनिक सयौं मजदुरहरूले त्यो बाटो प्रयोग गर्दै आएका छन् । ठेकेदार कम्पनीले २०६०÷६१ सालमा पुलको तीन ओटा पिलर बनाएर प्रारम्भिक कामअघि बढाएको थियो । स्थानीयको चर्को दवावपछि सोमबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले स्थलगत भ्रमण गरेर पुलको अवस्था अवलोकन गरेका छन् ।

निमार्ण शुरु भएको झण्डै दुइ दशक हुन लाग्दा पनि निमार्ण पूरा नभएको पुलको अवलोकन गर्दै मन्त्री महासेठले स्थानीयलाई आश्वासनको पोका बाँडेर गएका छन् । स्थानीयले मन्त्रीलाई भन्दै थिए, ‘आश्वासन होइन । तोकिएको समयमै निमार्ण कार्य पूरा हुनुपर्यो ।’

मन्त्री महासेठले स्थानीयलाई आश्वासत पार्दै तात्कालीन समयमा जनताको आवश्यकतालाई भन्दा आफ्नो राजनीतिक लाभहानीलाई प्राथमिकतामा राखेर मन्त्रीहरूले काम गर्दा समयमै निमार्ण पूरा नभएको आरोप लगाए । उनले जनतालाई सास्ती भइरहेको महसुस गरेको र यसै आर्थिक वर्षमा पुरानो ठेक्का रद्द गरेर नयाँ बोलपत्र आव्हान गर्ने स्थानीयलाई आश्वासन दिए ।

मोरङ क्षेत्र नम्बर ४ का सांसद् अमनलाल मोदी, प्रदेशसभा सदस्य बिजय विश्वास थारु तथा प्रदेश सरकारका मन्त्री जगदिश कुशियतले पुलको अवस्थाबारे मन्त्री महासेठलाई अवगत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर