पूर्वाञ्चल खबर
वन समूहले एक समारोहकाबीच लेटाङ–४ को शान्ति भगवती माविमा अध्ययनरत छात्रछात्राहरुलाई पोशाक वितरण गरेको हो । पोशाक वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष सन्तोष कार्कीले जनसेवा सामुदायिक वनले वनबाट आएको कुल आम्दानीको ३५ प्रतिशतले विपन्न उपभोक्तालाई लक्षित गरी कार्यक्रम गरेकोमा प्रसंसा गरे । वडाध्यक्ष कार्कीले जनसेवा सामुदायिक वनलाई आगामी दिनमा यस्तै सामाजिक काम गर्न आग्रह समेत गरे ।
कार्यक्रमका शान्ति भगवती मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् वडा नं. ३ का अध्यक्ष देवराज चाम्लिङले सामुदायिक वनले पोशाक वितरण गरेर मात्र सम्पूर्ण विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच नपुग्ने भन्दै स्थानीय सरकारको तर्फबाट शिक्षामा लगानी बढाउने प्रतिबद्धता जनाए ।
समूहका अध्यक्ष दिलाराम राईको अध्यक्षतामा भएको कार्यक्रममा जम्मा २६ जना छात्रछात्रालाई पोशाक वितरण गरिएको थियो । समूहकी सचिव दुर्गामाया मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा सह–सचिव भिष्म श्रेष्ठले स्वागत गरेका थिए ।