AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा भव्य रथयात्रा (फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ भाद्र २०७५, सोमबार २०:२०
3
Shares
फाइल तस्वीर
विराटनगर / विराटनगरको ऐतिहासिक मानिने राधाकृष्ण रथयात्रा आज सम्पन्न हुँदैछ । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा निकालिने यो रथयात्राले ५१ औं संस्करण पुरा गरेको छ ।

विराटनगर १ मा रहेको राधाकृष्ण मन्दिरबाट दिउँसो ४ बजे रथयात्रा सुरु भएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अपरान्ह विशेष पूजापाठ गरेपछि बेलुन उडाएर रथयात्राको शुभारम्भ गरेका थिए । रथयात्रा सुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले विराटनगरमा आयोजित रथयात्रा यहाँको पहिचान भएको भन्दै यसको संरक्षणमा सरकार लाग्ने बताए ।

रथ यात्रा झण्डै ७ किलोमिटरको परिक्रमा पछि साँझ ९ बजे मन्दिर परिसरमा पुगेर समापन हुने आयोजकको भनाइ छ । रथयात्रामा विभिन्न ६८ वटा झाँकी प्रदर्शन गरिएको छ । रथयात्रामा हजारौं मानिसले सहभागीता जनाएका छन् । आयोजकका अनुसार ५ लाख बढीले रथयात्रामा सहभागीता जनाएका छन् । रथयात्राका क्रममा सुरक्षा व्यवस्था मजबुद बनाउन ड्रोन क्यामराको सहयोगमा रथ हिड्ने मार्गमा सुरक्षा निगरानी गरिएको छ । रथयात्राको उदघाटन सत्रमा प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरे, बनमन्त्री जगदीश कुशियत, सांसद केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दीरा कार्की लगायतको सहभागिता थियो ।

यस वर्षको रथ १२ फिट चौडाई, १४ फिट र १८ फिट उचाई रहेको थियो । रथमा प्रयोग गरिने डोरीको लम्वाई भने ७५ फिट रहेको थियो । रथयात्रा वि.स. १९८८ देखि खटयात्राको परम्परालाई २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । खटयात्राको परम्परालाई २०२५ सालदेखि रथयात्रामा परिणत भएको राधाकृष्ण मन्दिरको अध्यक्ष बावुराजा ओझाले जानकारी दिए ।


तस्वीरहरु पुष्पराज थपलिया /अनिल श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर