AArya
RUMPUM
animated ellipse animated ellipse

महानगरमा बम विस्फोट गराउने तीन जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ भाद्र २०७५, आईतवार १६:०५
3
Shares
विराटनगर / विराटनगर महानगरपालिकामा तीन साता अघि भएको बम विष्फोट गराउने तीन जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरपतार गाउँपालीका २ हरिनगरका २० वर्षीय अभिमनु गिरी, सिरहाकै सुखीपुर गाउँपालीका ५ का २४ वर्षीय रामरिझन यादव र मोरङको जहदा गाउँपालिका २ क हरिनगराका ३ वर्षीय मनोजकुमार सिंह रहेका छन् । प्रहरीले आज उनीहरुलाई पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको हो ।

जयकृष्ण गोइत नेत्रृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ती मोर्चा (क्रान्तिकारी) को संलग्नता पुष्टि भएको छ । प्रहरीले बम विष्फोटमा संलग्न भएकालाई पक्राउ गरेपछि घटनामा गोइत समूहको संलग्नता पुष्टि भएको हो । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले लामो समयको अनुसन्धानपछि ठूलै मेहनत गरेर विष्फोटमा संलग्नलाई पक्राउ गर्न सकिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर