पूर्वाञ्चल खबर
मेयर पराजुलीका आमा तुलसीमाया र श्रीमती रन्जिता पराजुलीले आज पिडित परिवारलाई भेटी उक्त रकम प्रदान गरेका हुन् । सो रकम मेयर पराजुलीले केही दिन अगाडी मृतकका परिवारलाई दिने घोषणा गरेका थिए । पराजुलीले नीजि तलव तथा बैठक भत्ताबाट आएको रकमबाट कटौती गरी परिवारमार्फत उक्त रकम प्रदान गरेका हुन् । सेक्यूरिटी गार्डको काम गर्दे आएका भट्टराईको गत भदौ २ गते निर्ममता पूर्वक हत्या भएको थियो । रातीको समयमा डिउटीमा बसेका बेला विराटनगर स्थित विजुली अफिस छेउको हार्डवेवरमा उनको शब फेला परेको थियो ।