AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका नेवारले धुमधामले मनाए गाइजात्रा (फोटो फिचर)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०७५, सोमबार १६:५३
3
Shares
गाइजात्रामा सजिएकी बालीका । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगरका नेवार समुदायले परम्परागत रुपमा मनाइने गाइजात्रा पर्व धुमधामका साथ मनाएका छन् ।

विराटनगरमा पनि स्थायीरुपमा बसोबास गर्दै आएका नेवारी समुदायले गाईजात्राको अवसरमा विभिन्न झाँकीसहित ¥याली निकालेका छन् । विराटनगर ९ मा रहेको झिपुःचबाट निकालीएको ¥यालीले ट्राफिक चोक हुँदै मेनरोडबाट नगर परिक्रमा गरी तीनपैनी स्थीत राधाकृष्ण मन्दिरमा पुगेर प्रसादी ग्रहण गरी सकिएको थियो ।

सो ¥यालीमा विराटनगरमा एक बर्षभित्र २० जना परिवारका सदस्यको मृत्यू भएका परिवार र अन्य नेवारी समुदायको बाक्लो उपस्थिती रहेको झिः पुःच विराटनगरका अध्यक्ष बुद्धरत्न उदासले जानकारी दिए । उनका अनुसार गाईजात्रामा विराटनगरमा छरिएर रहेका नेवारी समुदायको ७ वटा लाखे समुहले लाखे नाचेर मनोरञ्जन प्रदान गरेका थिए । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाईने चलन रहेको छ ।

तस्वीरहरु– पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर