AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ व्यापारको अन्तर्गक्रिया

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ भाद्र २०७५, बिहीबार २१:१५
3
Shares
विराटनगर / मोरङ व्यापार संघले जिल्लामा रहेको शाखा कार्यालयबिच अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । यस कार्यालयले जिल्लामा रहेको सात वटा शाखा कार्यक्रहरुमा अन्तर्गक्रिया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा आगमी कार्य प्रगति विवरण र आगामी कार्य योजनाहरुबारे जानकारी गराए । कार्यक्रममा केरावारी व्यापार प्रबन्ध समितिका अध्यक्ष श्रीचरन सिंह बिकले मोरङको पर्यटकी गन्तब्य ‘जेफाले’ लाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । लेटाङ उद्योग वाणिज्य संघका अध्यक्ष मित्र विमलीले पर्यटन विकासको प्रवल सम्भावना रहेको क्षेत्रमा लगानी गर्नुपर्ने बताए । त्यस्तै डाँगीहाट व्यापार प्रबन्ध समितिका अध्यक्ष विवेक मिश्रले संघको पहलबाट सरकारलाई व्याज घटाउन पहल गर्नुपर्ने बताए । कोशी हरैचाका महासचिव सन्तोष वान्तवाले व्यापारीहरुको लगानि सुरीक्षत गर्ने खालको सरकारले निती ल्यानुपर्नेमा जोड दिए । त्यसको लागि व्यापार संघले पहल गर्नुपर्ने बताए ।

पूर्व अध्यक्ष भोलेश्वर दुलालले व्यापार संघले आफ्नो शाखाहरुको विकास गर्न विशेष भूमिका खेल्नुपर्ने बताए । मोरङग व्यापार संघको अध्यक्षमा पवन कुमार सारडा उद्योगी व्यापारीहरुको आपसी सम्बन्ध अझ बढी सुदृढ बनाएर अगाडी बढाउने बताए । उनले चुनौति भन्दा अवसर बढी भएको यस क्षेत्रमा अवसरको खोजी गरी नआत्तिकन अघि बढन व्यापारीहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर