पूर्वाञ्चल खबर
४२ वर्षिय दिलिप सहनीले ३७ वर्षिय श्रीमती पुनम, माइली छोरी २० वर्षिय मनीता र सालो सन्दिप सहनीमाथि खुकुरी प्रहार गरि घाइते बनाएका हुन् । खुकुरी प्रहारबाट पुनम गम्भिर घाइते भएकी छिन् । उनको कन्चटमा खुकुरी प्रहार भएको पुनमका भाइ सन्दिपले बताए । तीनै जनाको उपचार विराटनगरस्थित कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
छोरी मनीताको टाउँकोमा आठ टाचा लगाएको छ । ‘भिनाजुले एक्कासी दिदीमाथि खुकुरी प्रहार गर्नुभयो,’ अस्पतालमा उपचार भइरहेको सन्दिपले भने, ‘छुटयाउन जाँदा भान्जी मनिता र मलाई पनि खुकुरी प्रहार गर्नुभयो । मेरो हातमा चोट लाग्यो । भान्जीको टाउँमा ।’ खुकुरी प्रहार गर्ने दिलिपलाई प्रहरीले पक्राउ गरेको छ । करिब ८ महिना अघि दिलिपले पुनमलाई विवाह गरेका हुन् । दिलिप सिराहाको गोलबजारमा बस्दै आएका थिए । विवाह गरेको केही दिन पछि विभिन्न बहानामा पनुमलाई कुटपिट गर्ने पुनमको माइती पक्षको आरोप रहेको छ ।