पूर्वाञ्चल खबर
दोस्रो व्याजमा पनि विज्ञान संकायमा कक्षा १२ का आगत पोखरेल ३.८५ प्रतिशत नतिजा ल्याउँदै प्रदेश १ को प्रथम बन्न सफल भएको विद्यालयले दावी गरेको छ । कक्षा १२ मा १ सय १३ जना विद्यार्थीले परिक्षा दिएकोमा आगतको ३.८५ सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
विद्यालयका अनुसार उत्तिर्ण हुने विद्यार्थी मध्ये ३ दशमलव ६२ प्रतिशत भन्दा माथि जिपिए ल्याउने १८ जना विद्यार्थी छन् । यस्तै ३.२२ भन्दा बढी जिपीए सहित ए ग्रेडमा ७२ जना विद्यार्थी उत्तिर्ण भएका छन् । २१ जनाले बी प्लस र २ जनाले बी ग्रेडमा उत्तिर्ण गरेको विद्यालयले जनाएको छ ।
प्रिन्सिपल टीकाराम पुरीले विद्यालयले लिएको लक्ष्य अनुरुप विद्यार्थी, शिक्षक शिक्षीका र अभिभावकको मेहनत उत्कृष्ट रहेको बताए । ‘औपचारीक शिक्षा संगसँगै व्यवहारीक र प्रयोगात्मक शिक्षाको बाटोमा हामी विद्यालयलाई अघि बढाउन चाहन्छौं, विद्यार्थीलाई खोज र अनुसन्धानमा पनि कृयाशिल बनाउने अभियानमा छौं ।, उनले भने, ‘यो विद्यालयको एकल प्रयासले मात्र सम्भव हुदैन सवैको साथ र मेहनत आवश्यक छ ।’
प्रदेशकै नमुना विद्यालयका रुपमा पहिचान बनाउँदै अघि बढेको एभरेष्ट सेकेण्डरी स्कुल प्लस टु साइन्स एण्ड मेनेज्मेन्टले उत्कृष्ट नतिजासँगै आफ्नो भौतिक पूर्वाधारको समेत विकास गर्दै लगेको छ । ५० करोडको लागतमा सुविधासम्पन्न शिक्षण संस्था निर्माणमा जुटेको विद्यालयले निकट भविष्यमै उत्कृष्ट वातावरणमा सर्वोत्कृष्ट अध्यापन गराउने लक्ष्य लिएको छ ।
व्यवस्थापनको सेमिनारमा बोहोरा प्रथम

विद्यार्थीलाई अध्ययनसँगै नविनतम खोजमा लाग्न उत्प्रेरीत गर्ने उद्देश्यका स्कुलले संकायअन्र्तगत प्रतिष्पर्धात्मक सेमिनार गर्दै आएको छ । व्यवसाय, उत्प्रेरणा,जलवायु परिवर्तन, ‘प्रोग्रामिङ ल्याङ्वेज’ र व्यवस्थापनमा नेपाली भाषाको महत्वलगायतका विषयमा विद्यार्थीहरुले आ–आफ्नो खोज र अनुसन्धानबाट तयार पारिएका सामाग्री प्रस्तुतीकरण गरेका थिए । ति मध्ये उत्प्रेरणा विषयमा उत्कृष्ट प्रस्तुती गर्ने बोहोरा प्रथम भएको निर्णायक मेधानन्द झाले जानकारी दिए ।
प्रतिष्पर्धात्मक रुपमा गरिएको यस्तो कार्यक्रमले उर्जा थप्ने र सामुहिक खोजीमा लाग्न समेत सहयोग पु¥याएको कक्षा १२ कि अनुष्का भण्डारीले बताइन् । उत्कृष्ट विद्यार्थीलाई विद्यालयको रजत जयन्तीको अवसरमा पुरस्कार र प्रमाणपत्र वितरण गरिने व्यवस्थापन संकाय को–अर्डिनेटर बिजय शर्मा पोखरेल जानकारी दिए ।