पूर्वाञ्चल खबर
आज पार्टी कार्यालय पोखरियामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्यालले संविधान निर्माणमा सुशील कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गरे । उनले भने, “सुशील’दाकै कारण मुलुकले संविधान प्राप्त गरेको हो । अहिले विभिन्न तत्वहरु संविधानलाई असफल बनाउने खेलमा लागेका छन् ।” उनले संविधानको सफल कार्यान्वयन भएमात्रै कोइरालाको आत्माले शान्ति पाउने बताए । कार्यक्रममा नेता अशोक कोइरालाले सुशील कोइरालाकै कारण मुलुकले संविधान पाएको दाबी गरे । “राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरु संविधान जारी नहोस् भन्ने पक्षमा थिए,” उनले भने, “चौतर्फी दबाब हुँदाहुँदै पनि सुशील’दाले संविधान घोषणा गरेरै छाड्नुभयो ।”
कार्यक्रममा कांग्रेस नेता दिलीप गच्छदार, सांसद शेखरचन्द्र थापा, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, मोरङ कांग्रेसका सचिव नागेश कोइरालालगायतले सुशील कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।