पूर्वाञ्चल खबर
बचतकर्ताले जम्मा गर्न दिएको करडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिब इश्वर श्रेष्ठलाई प्रहरीले पोखराबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।
लामो समयदेखी फरार रहेका श्रेष्ठलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डियसपी निशान थापाले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङकोे विशेष टोली परिचालन गरि पोखराबाट पक्राउ परेका श्रेष्ठलाई हवाइ मार्गबाट विराटनगर ल्याउने तयारी गरिएको छ । उनलाई पोखराबाट काठमाण्डौ र त्यसपछि सिधै हवाइमार्ग हुँदै विराटनगर ल्याउने तयारी गरिएको स्रोतको दाबी छ । सहकारीको कराडौं रुपैयाँ अपचलन गरि लामो समयदेखी फरार भएका श्रेष्ठ पोखरामा रहेको उनको ‘यलोबेरा जुस फ्याक्ट्रीबाट’ पक्राउ परेको बताइएइको छ ।
लामो समयदेखि विराटनगर – ९ बाटारोडमा सञ्चालनमा आएको सहकारीले १ सय ३८ जना बचतकर्ताको आइतबारसम्म जाहेरी जिप्रका मोरङमा दिएको डिएपी थापाले जानकारी दिए । उनीहरुले २ करोड २८ लाख ३ हजार २ सय ४२ रुपैयाँ बिगो माग दाबी गर्दै आएका छन् । उक्त सहकारीबाट एक जना बचतकर्ताले १० लाख रुपैयाँसम्म बचत गरेका छन् ।
प्रहरीको अनुसार बचतकताको जाहेरी पर्ने क्रमम बढदै गएको बताइएको छ । उनीहरुले सहकारीमा बचत गरेकोे पैसाँ अपचलन गरेको ७ जना सञ्चालक विरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी मध्धे उक्त सहकारीको घोटला प्रकरणको मुख्य संचालक इश्वर पक्राउ परेका छन् भने उपाध्यक्ष विष्णुप्रसाद सुवेदी र सदस्य तेजप्रसाद भन्ने सन्तोष ढकाल भने अझै फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजी गर्दै आएपनि हालसम्म पक्राउ पर्न सकेका छैनन् । सुबेदी नेपाल टेलीकम विराटनगरको क्षेत्रीय कार्यलयमा कार्यरत कर्मचारी हुन् ।