AArya
RUMPUM
animated ellipse animated ellipse

कोलीफर्म भेटिएको ११ वटा पानी उद्योगलाई मुद्दा चलाउने तयारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ श्रावण २०७५, शनिबार १९:३४
3
Shares
विराटनगर / कोलीफर्म भेटिएको ११ वटा पानी उद्योगलाई क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मुद्दा चलाउने भएको छ ।

क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रमोद कोइरालाको अनुसार ११ वटा पानी उद्योगलाई खाद्य ऐन २०२३ खाद्य नियमावली बमोजिम मुद्दा चलाउने तयारी सुरु गरेको बताए ।

‘स्वास्थ्यमा गम्भीर असर पर्ने कोलीफर्म परीक्षण पछि भेटिएको छ,’ कोइरालाले भने, ‘जिल्ला सरकारी वकिलको कार्यालय मार्फत चाँडै खाद्य एने अन्गर्त मुद्दा दायर गर्नेछौं । चाँडै सरकारी वकिलसँग राय लिएर मुद्दाको प्रक्रिया अगाडी तयारी थालिसकेका छौं,’ कार्यालय प्रमुख कोइरालाले भने । खाद्य एने २०२३ खाद्य नियमवाली मुद्दामा ५ देखि १० हजार रुपैयाँ जरिवना वा ५ महिनादेखि एक वर्षसम्मको कैद सजाय वा दुवै हुन सक्ने कानुनी प्रावधान रहेको छ ।

क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले पानीको ल्याब परिक्षण गर्दा विराटनगर–४ मा निकिता श्रेष्ठले सञ्चालन गरेकोे गोमारानी पानी उद्योग, राम विलास साहले विराटनगर – ६ मा संचालन गरेको पूजाफूड एण्ड बेभरेज प्रा.लि., राजदिप महतोले विराटनगर – २ मा संचालन गरेकोे तिरुपति जल उद्योग, सुमित साहले विराटनगर – ९ मा संचालन गरेको माउण्टेनवाटर पानी उद्योगमा दिसामा पाइने हानिकारक ‘कोलीफर्म जिवाणु फेला परेको थियो ।

त्यस्तै काँग्रेस नेता अमृत आर्यायलका बहिनी रक्षा र विनोद अर्यालले विराटनगर – १० मा सञ्चालन गरेको हाईमल जल उद्योग, किशनकुमार रायले विराटनगर – १३ मा संचालन गरेको श्री जल उद्योग, रामप्रसाद साहले विराटनगर – ८ मा संचालन गरेको शीतल जल उद्योग, पंकज कर्णले विराटनगर १४ मा संचालन गरेको जोनसन जल उद्योग, डिपल शर्माले विराटनगर १२ मा संचालन गरेको दिव्यश्री जल उद्योग, जमुना खड्का थापाले विराटनगर ५ मा संचालन गरेको गंगाजल उद्योग र मोरङको बुढीगंगा गाउँपालिका १ मा सुरेन्द्र लगरवारले संचालन गरेको शुभजल उद्योगले उत्पादन गर्ने पानीमा ‘कोलीफर्म’ जीवाणु फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर