पूर्वाञ्चल खबर
रंगेली नपामा रहेको ९ वटा वडाहरु छन् । साउन १ गतेदेखि सबै वडाहरुमा एकिकृत कम्प्युटर प्रणालीवाट राजश्व संकलन गर्ने कार्य शुरु भएको नगरपालिकाका सूचना अधिकृत कृष्ण भट्टराईले जानकारी दिए । नगरपालिकाको सबै वडाहरुबाट दैनिक सरदर रु ३५ हजार राजश्व संकलन गर्दै आएको छ । यसैगरी नगरपालिकाले नगरमा सम्पूर्ण ठेक्कापट्टाको कार्य अनलाईन सिस्टमबाट गर्ने कार्य शुरु गरेको छ ।
नगरपालिकाले भित्र हुने सम्पूर्ण निर्माण कार्य कम्प्यूटर अनलाईन सिस्टमवाट कार्य शुरु गर्दा नगरपालिकाको कार्य पारदर्शी देखिनुका साथै जनताका सुशासनको अनुभूति हुने विचार नगरपालिकाका प्रमुख दिलिपकुमार अग्रवालले बताए । उनले मृत सहरको रुपमा चिनिएको रंगेलीलाई आगामी दिनमा जिवित शहर वनाउने यहाँवाट हुने वसाई सराई नियन्त्रणले गर्ने उद्देश्यले कार्य गरिरहेको बताए ।
नगरपालिकाका सर्वसाधारण वाहै्र महिनामा आवगमनमा सुविधा पुगाउनका लागि गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६० किलिमिटर ग्राभेल वाटोलाई स्तरवृद्धि गर्नुका साथै चौडा गरेको छ ।
यस्तै नगरपालिकाले चालु आर्थिक वर्षमा संघीय सरकार, प्रदेश सरकारको सहयोगमा उक्त सडकलाई कालोपत्रे गर्ने लक्ष्य लिएको सूचना अधिकृत भट्टराईले बताए । यस्तै नगरपालिकाले गत आर्थिक वर्षमा नगरक्षेत्रमा रहेका ३५ वटा मठमन्दिर र मस्जिद जीर्णोद्धार गर्न रु १ करोड ५० लाख खर्च गरेको छ । नगरपालिकामा वसोवास गर्ने दलित समुदायको ३५ दिन वच्चा जन्मेको जन्मदर्ता गरेमा रु १ हजार प्रोत्साहन स्वरुप प्रदान गर्ने गरेको छ । नगरपालिकाले जेष्ठ नागरिक वृद्ध भत्ता वैकिङ प्रणालीवाट मार्फत वितरण गर्ने गरिएको छ ।