पूर्वाञ्चल खबर
पहिलो चरणमा महानगरपालिका–१४ नम्वर वडाका घरघरमा वायो ग्यास पुु¥याउन पाइप विछाउने काम धमाधम भइरहेको छ । विराटनगर– १४ स्थित श्री कृष्ण गौशालाको गाईको गोवरबाट ३ सय घन मिटर ग्यास उत्तपादनकालागि प्लान्ट जडानगर्ने लगायतका प्राविधिक काम सम्पन्न भएको छ ।
गौशाला परिसरमा डोम स्थापना गर्ने काम सम्पन्न भइ सकेको छ । डोममा ग्यास स्टोर गरिन्छ र स्टोेर गरिएको ग्यास पाइलाइनबाट घरघरमा पुु¥याउनेगरी तयारी भइरहेको छ ।
डेढबर्ष अघि शुुरु गरिएको सो प्लान्टबाट पहिलो चरणमा ३५ घरमा त्यसपछि एकसय घरमा ग्यास पुर्याउने लक्ष्य रहेको सो कार्यमा खटिनुु भएका उर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले बताए ।
प्राविधिक काम सम्पन्न भइसेकाले पाइपलाइन विछाउने काममात्र वाकि रहेको सो कामपनी यसै हप्ता पुुराहुुने बताइएको छ ।
साविकको जिल्ला विकास समिति , वैकल्पिक उर्जाप्रवद्धन केन्द्र र गोशालाको सहयोगमा काम शुुरु भएको हो । अहिले जिल्ला समन्वय समितिले काम गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तैगरीे पाइपलाइनबाट घरघरमा ग्यास पुु¥याउने काम अन्तिम चरणमा पुुगेको सिंहको भनाई छ ।
गौशालाका व्यवस्थापक मोहितचन्द्र यादवका अनुसार, गोशालामा रहेको २ सय ५ वटा गाईवाट दैनिक २ हजार केजि गोवर उत्तपादन साउनको १५ गते सम्ममा प्लान्टवाट ग्यास वितरण शुुरुगर्ने उहाको भनाई छ । वायो ग्यास सुुरक्षित हुुने भएकाले यसको माग रहेको यादवको भनाई छ ।
८४ लाख रुपैयाका वजेटमा संचालनमा ल्याउन लागेको यो प्रविधि सफल भएपछी अन्य स्थानमा समेत पाइपलाइनवाटै ग्यास वितरण गरिने जनाएको छ ।
प्लान्टको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेगरी तयारी भइरहेको वातावरण उर्जा अधिकृत सिंहले बताए ।