पूर्वाञ्चल खबर
बेलबारी नगरपालिका ७ घर भई सुनसरी इटहरी ९ मा बस्दै आएका संजय चौधरी’ भन्ने सुर्यनारायण चौधरी, सुन्दरहरैचा २ का २० बर्षिय राज चौधरीलाई खानतलासी गर्दा लागु औषध फेला परेको हो । प्रहरीका अनुसार सुर्यनारायण चौधरीको नाइट्रोजन एक पत्तामा १० चक्की भएको ३ पत्तामा जम्मा ३० (तिस) चक्की र राज चौधरीको साथबाट निट्राभेट ज्ञण् लेखिएको एक पत्तामा १० चक्की भएको २ पत्तामा जम्मा २० (बिस) गरी ५० चक्की लागु औषध बरामद गरेको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुर्दा सूर्यनारायणको घरमा लुकाई छिपाई राखेको मेड इन युएसए लेखिएको स्वचालित पेस्तोल थान १ र सो पेस्तोलमा लाग्ने म्याग्जिन सहितको ३ राउण्ड गोली समेत बरामद भएको छ ।
अनुसन्धानकै क्रममा उक्त पेस्तोल निज सुर्य नारायण चौधरीले सुनसरी दुहवी नगरपालिका २ का मोहमद अलाउदीनसँग गएर भारतबाट भारत ल्याएको भन्ने जानकारी पाएपछि अलाउदिनलाई पनि पक्राउ गरिएको छ ।
पक्राउ परेका अभियुक्तहरु मध्ये राज चौधरीलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्धा दर्ता गरीएको छ भने सुर्य नारायण चौधरीलाई लागु औषध नियन्त्रण ऐन २०३३ र हात हतियार तथा खर खजाना ऐन २०१९ अन्तर्गत मुद्धा दर्ता गरीएको छ भने मोहमद अलाउदीनलाई हात हतियार तथा खर खजाना ऐन २०१९ अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सञ्जय भनिने सूर्यनारायण यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले बताएको छ ।