AArya
RUMPUM
animated ellipse animated ellipse

विनायक अन्तिम आठमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७३, शुक्रबार १४:०१
9
Shares

२४ मंसिर,विराटनगर । विनायक सेकेन्डरी स्कूलले विराटागरमा जारी पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ ।

विनायकले आज भएको खेलमा गौतमबुद्ध स्क्ुललाई ५७ रनले पाजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विनायकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ७५ रनको योगफल तयार पारेको थियोे । अमित मण्डलले ४१ रन, सुमनकुमार मण्डलले ३६ र सुमन मण्डलले १४ रनको योगदान गरेका थिए । गौतमबुद्धका विसान्त खरेलले ३ विके र विराज खतिवडाले २ विकेट लिएका थिए ।

जवाफमा १ सय ७६ रनको विजय लक्ष्य पछ्यौको गौतमबुद्धले १९ ओभरमा सवै विकेट गुमाई १ सय १८ बनाएको थियो । जियूस श्रेष्ठले २३ रन र राहुलकमार साहले १३ रनको योगदान दिएका थिए । विनायककाअमित मण्डलले ३ विकेट र सुमन मण्डलले २ विकेट लिएका थिए । विनायकका अलराउण्ड खेलाडी अमित मण्डल खेलको म्यान अफ द म्याच घाषित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर