RUMPUM
animated ellipse animated ellipse

’दर्शकको मन जित्दै वेभ सिरिज माई बेस्ट फ्रेन्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ असार २०७५, मंगलवार २१:१३
3
Shares
वेलबारी / साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज माई बेस्ट फ्रेन्डले युटुब दर्शकहरुको मन जित्दै गएको छ ।

एक नम्बर प्रदेशको झापा जिल्लाका स्थानीय कलाकारहरुको प्रत्यक्ष संलग्नता रहेको यो सिरिज झापा जिल्लामै स्टन मिडियाले निर्माण गरिरहेको छ ।

मोफसलमा रहेका स्थानीय प्रतिभाहरुलाई अगाडी ल्याउनको लागी नै यो सिरिजको निर्माण गरेको प्रस्तुतकर्ता ज्योतीराज राईले बताएका छन् । हाल सम्म नौं भाग युटुबमा अपलोड भैसकेको यो सिरिज निर्माण गरेर तपाईले के फाईदा पाउनु भयो त ? भन्ने प्रश्नको जवाफ दिंदै राईले अगाडी भने, मैले हाल यसबाट केही फाईदाको अपेक्षा गरेको छैन, मोफसलमा रहेका भाई बहिनिहरुको प्रगती नै मेरो सन्तुष्टि हो, उनीहरुलाई यसरी अवसर दिन पाउँदा आफुलाई सबै भन्दा धेरै गर्भ महसुस भएको उनले बताएका छन् ।

त्यसो त पछिल्लो समय ईन्टरनेटको पहुँच गाउँ गाउँ सम्म पुगेपछि युटुबको बजार बढेको छ, अहिले कतिले पैसा कमाउनको लागी युटुबमा कार्यक्रम बनाएर अपलोड गर्छन्, भने कतिले लुकेर रहेका प्रतिभालाई आम दर्शक माझ ल्याउनको लागी कार्यक्रमहरु बनाउने गर्छन । तर साकेवा मुभिजले भने नितान्त मोफसलमा रहेका प्रतिभाहरुलाई देश बिदेशमा रहने आम दर्शक माझ चिनाउनको लागी यो सिरिज निर्माण गरेको प्रस्तुतकर्ता राईले दाबी गरेका छन् ।

साकेवा मुभिजको अफिसियल युटुब च्यानलामा निरन्तर अपलोड भैरहेको यो सिरिजमा पटकथा संवाद प्रयास घिमिरे र भुवन सिंह राई कथा ,निर्देशन , एडिट, क्यमेरा किरण राईको रहेको छ,संगीत अनिस श्रेष्ठ छ साहायक एडिट सुरेस राई छ भने भुवन सिंह राई ,रोस्मिता श्रेष्ठ ,प्रयास घिमिरे ,सलिना गुरुङ ,सुरेस राई मेघा लिम्बु ,सिला राई ,युनिसा अधिकारी ,स्मृति पोख्रेल ,अन्जान राई , विवेक बिष्ट ,सारदा राई , सागर थापा मगर , सन्जय श्रेष्ठ ,नवीन बास्कोटा निर्मल खड्का शेखर राई,अन्जान राई,बिबेक विष्ट,निर्मल खड्का, लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर