AArya
RUMPUM
animated ellipse animated ellipse

यसकारण जायज छन् डा. केसीका माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ असार २०७५, मंगलवार ०७:५३
3
Shares
काठमाडौं । काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी दश दिनदेखि जुम्लामा अनशनरत छन्।

देशका प्रधानमन्त्रीदेखि सामाजिक विभिन्न दलका नेता र सामाजिक सञ्जाल प्रयोगकर्तासम्म देशबाट हजारौ विद्यार्थी एमबिबिएस पढ्न बाहिरीरहेको भन्दै मेडिकल कलेज खोल्न रोक्न नहुने रटान लगाइरहेका छन्। कतिपयले त डा.केसीलाई विदेशबाहिर पढाउँने कन्सल्टेन्सीबाट परिचालित भएको वा थप कलेज आउँन नदिन भएका कलेजका इशारामा अनशन बसिरहेको भन्नेहरुका पनि कमी छैन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आइतबार चिकित्सक संघको टोलीसँग त्यही प्रश्न राखे। ‘उत्पत्यकामा किन १० वर्ष कलेज खोल्न हुन्न भनेको? यसको पछाडी के तर्क छ?’ तर केसीलाई गाली गर्नहरुले विचारै नपु-याएको यस्ता तथ्य छन् जसले डा.केसीको अनशनमार्फत् उठाएको आवाज कति जायज छ भन्ने प्रमाणित गर्छ।

पछिल्लोपटक डा.केस अनशन मागमा सरकारमा रहेका दलहरु असहमत भएका विषयहरु उपत्यकामा थप कलेज खोल्न नहुने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढीलाई सम्बन्धन दिन नहुने, सार्वजनिक कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने भन्ने प्रत्येक तर्क गुणस्तरी चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा समान पहुँचसँग जोडिएको छ।

डा.केसीसँग असमत हुनेहरुले उनलाई मेडिकल कलेज विरोधीको संख्या समेत दिने गरेका छन्। तर उनले उपत्यकामा मात्रै मेडिकल खोल्न हुन्न भनेका हुन्। आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर