पूर्वाञ्चल खबर
डा. केसीको रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन पनि नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आईभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणुकमार गिरी, धीरज गुरुङ र सिद्धार्थ खातीले जनाएका छन् ।
सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ। आजको अन्नपूर्ण पाेस्ट दैनिकमा यो समाचार छापिएकाे छ ।