पूर्वाञ्चल खबर
अग्निसाइर कृष्णाशवरण गाउँपालिका–५ स्थित महुली पुलको करिब ५० मिटर खण्ड शनिबार साँझ भत्किएको हो ।
पछिल्लो साता परेको लगातारको वर्षासँगै महुली खोलामा आएको बाढीले पुलको पश्चिममा चिरा परेको थियो । जमिनको सतह र पुलबाट करिब दुई फिटमुनिबाट बग्ने पानीले कटान गरेपछि चिरा परेको पुलको ५० मिटर खण्ड भत्किएको वडाअध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार पुलको पश्चिम–उत्तरमा भत्किएको भए पनि एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ । पुलको बीच भागको सडक उत्तरतर्फ भत्किएपनि लहानस्थित सडक डिभिजन कार्यालयसँग समन्वय गरी तत्काल गर्न सकिने मर्मत गरिँदैछ ।
चुरे दोहनले कटान पूर्व–पश्चिम सडकबाट मुस्किकले एक किलोमिटर उत्तर पर्ने चुरे जङ्गलमा भएको फडानीले महुली खोलाले बर्सेनि क्षति पु¥याउँदै आएको छ । चुरे विनाशसँगै वर्षातमा बगेर आउने बालुवाले खोला पुरिंदै गएपछि महुली पुलको एक फिटमुनिबाट पानी बग्ने गरेको छ ।
जमिनको सतहसँगै रहेको पुलमुनिको पानी वर्षातमा फैलिएपछि खेतीयोग्य जग्गासमेत कटान हुँदै आएको छ ।