पूर्वाञ्चल खबर
फोकस नेपालले विज्ञान अरनिको र व्यावस्थापन तर्फ विराटनगरको मेरिल्याड कलेजले शिक्षा सेवा सम्मान प्राप्त गरेका छन् । काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अरनिको र मेरिल्याण्ड कलेजका प्रिन्सिपललाई पूर्व प्रधानमन्त्री खिलाराज रेग्मीले शिक्षा सेवा सम्मान प्रदान गरेका थिए ।
देशमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएका भन्दै विराटनगरका मेरिल्याण्ड र अरनिकोलाई फोकस नेपालले सम्मान गरेको हो । मेरिल्याण्डको तर्फबाट कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल र अरनिकोका प्रिन्सिपल राजेश कार्कीले सम्मान ग्रहण गरेका थिए ।
एकमहिना अगाडी मेरिल्याण्ड कलेजलाई कान्तिपुर मिडिया गु्रपको साप्ताहिक पत्रिकाले देशकै दोस्रो उत्कृष्ट कलेजको रुपमा पुरस्कृत गरेको थियो ।