पूर्वाञ्चल खबर
स्वर्गिय कोइरालाको ९५ जन्म जयन्तीको अवसर पारेको मोरङ कांग्रेसले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वोल्दै कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले गिरिजाप्रसाद कोइरालाको विचार र आर्दशलाई आत्मसात गर्दै संघियता र संविधानको सफल कार्यान्वयनमा राजनितिक दल लाग्नुु पर्नेमा जोड दिए ।
नेपाली कांग्रेस मोरङका सभापती डिगवहादुुर लिम्वुुको सभापतित्वमा भएको कार्यक्रमा कांग्रेस केन्द्रीय सदस्य गुुरुराज घिमिरे, सांसद डा.डिला संग्रौला, एक नम्वर प्रदेशका प्रमुुख सचेतक केदार कार्की, प्रदेश सांसद शान्ता पौडेल, कांग्रेस नेता गोपालराज भण्डारी नेपाली काग्रेस मोरङका सचिव मोदराज घिमिरे तथा नेता भक्तिनाथ माझीलगायतले नेपालको राजनितिमा गिरिजाप्रसाद कोइरालाले बारैमो चर्चा गरे ।