AArya
RUMPUM
animated ellipse animated ellipse

आयो डरलाग्दो रिपोर्टः नेपालमा गत वर्षको भन्दा ठूलो भूकम्पको खतरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ मंसिर २०७३, बुधबार २१:१२
3
Shares
२२मंसिर, काठमाण्डु– नेपालमा गत वर्षको भन्दा ठूलो भूकम्प जान सक्ने औल्याइएको छ । बेलायतको चर्चित मिडिया डेली मेलले सोधकर्तालाई उद्धृत गर्दै सो सम्भावना रहेको बताएको हो ।

समाचारका अनुसार काठमाण्डु र त्रिवेणी क्षेत्रको जमिनमा चिरा परेका कारण ८ रेक्टर स्केलभन्दा माथिको भूकम्प जान सक्ने चेतावनी दिइएको छ । अघिल्लो वर्षको भूकम्पका कारण जमिनमुनी परेको धाँजा नपुरिएका कारण सो सम्भावना रहेको डेली मेलले जनाएको छ । capture1

सोधकर्ताका अनुसार नेपालमा गत वर्षको वैशाख १२ मा गएको भूकम्पपछि गरिएको अध्यनका क्रममा १ सय २४ माइल क्षेत्रमा फल्टलाइन देखिएको र यसले ८ रेक्टर वा त्यस भन्दा पनि बढी रेक्टर स्केलको भूकम्प पैदा गर्न सक्ने को छ ।

अमेरिकाका सोधकर्ताको एक टोलीले नेपालको विभिन्न स्थानमा गरेको अध्ययनपछि यस्तो निस्कर्ष निकालिएको हो ।

उनीहरुले नेपालका मुख्य २ नदी त्रिवेणीस्थित गण्डकी र बागमतीको मुहानको जमिनमा अध्यन गरेका थिए । जमिन मुनीको रेडियोकार्वन र संरचनागत अवस्थितिको अध्यन गर्नका लागि चट्टान र माटोको अवस्था अध्यन गरिएको थियो । जसमा नेपालमा भूकम्पको सम्भावना कायम रहेको देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर