पूर्वाञ्चल खबर
जय नेपाल होटल म्यानेजेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ्ग प्रा.लीको आयोजना र विराटनगर महानगरपालिको आर्थिक सहयोगमा भएको तालिममा ३५ जना किशोर ÷ किशोरीहरुको उपस्थीति रहेको छ ।
वेरोजगार युवाहरुलाई रोजगारीको वातावरण सृजना गर्ने उद्देश्यले महानगरपालिको आर्थिक सहयोगमा विराटनगरमा तालिम सुरु गरेको आयोजक समितिका अध्यक्ष मो. इर्शाद अन्सारीले जानकारी दिए ।
सिप मुलक तालिममा मोवालय मर्मत, ब्यूटिसियन, कम्प्यूटर हार्डवेयरलगायतको विभिन्न तालिमहरु पर्दछ । तालिमको उद्घाटन महानगरपालिको प्रमुख भीम पराजुलीले उदघाटन गरे । उद्घाटन गर्दै पराजुलीले युवाहरुको लागि यस्तो तालिम आवश्यक रहेको बताए । सिकेको सिपलाई व्यवहारमा उतारेर रोजगारी सृजना गर्नु पर्नेमा जोड दिए ।