पूर्वाञ्चल खबर
एसईई परीक्षामा गत चैत ८ बाट सञ्चालित परीक्षामा ७७ जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी रहेका थिए । नियमिततर्फ चार लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जनाले परीक्षा दिएका हुन् ।
३.२ देखि ३.६ जिपिए ल्याउने ४६ हजार १ सय ३० जना छन् भने २.८ देखि ३.२ जिपिएसम्म ल्याउने ४९ हजार ३७ जना छन्। यस्तै, ७० हजार ५ सय १२ जना २.४ देखि २.८ जिपिएसम्म ल्याउने विद्यार्थी छन् भने २ देखि २.४ जिपिएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १.६ देखि २.०० जिपिएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी रहेका कार्यालयले जनाएको छ।
यसैगरी, ३५ हजार ५ सय ८५ जना विद्यार्थीले १.२५ देखि १.६० सम्म ल्याउने रहेका छन् भने ०.८५ देखि १.२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन्।
केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहलाई दिइसकेको छ ।
नतिजा कसरी थाहा पाउने ?
एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ।