RUMPUM
animated ellipse animated ellipse

संकल्प एकताको प्रतिस्पर्धा गुटकोे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ असार २०७५, बुधबार ०७:१६
3
Shares
हेटौंडा /मंगलबारदेखि हेटौंडामा सुरु भएको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा कांग्रेस शीर्ष नेताहरूले आन्तरिक एकताको संकल्प गर्नुपर्ने धारणा राखे । तर, उद्घाटन कार्यक्रममै गुटगत विभाजन र नेताहरूबीचको मनमुटाव छताछुल्ल भयो ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पटक–पटक बोलाउँदा पनि मञ्चमा गएनन् । नेताहरूले प्रदेशगत रूपमा जिल्ला सभापतिहरूलाई छुट्टाछुट्टै भेटेर छलफल गरिरहेका छन् ।
उद्घाटन कार्यक्रममा सभापति शेरबहादुुर देउवाले यसपटक मौखिक भाषण गरेनन् । बोल्दा बिग्रन सक्ने भएकाले १५ मिनेट लामो लिखित मन्तव्य पढे । बाल्यकालदेखि अहिलेसम्म आफ्नो जीवन राष्ट्र, लोकतान्त्र र कांग्रेसमा समर्पित भएको भन्दै उनले पूर्वाग्रह राखेर प्रस्तुत नहुन आग्रह गरे ।

नेता रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइरालाले अब पनि पार्टीलाई एकढिक्का नबनाए झन् कमजोर बन्दै जाने बताए । भेलाबाट निस्किँदा पार्टी एकढिक्का भएको सन्देश व्यवहारले नै दिनुपर्ने जोड उनीहरूको थियो । आजको नयाँ पत्रिका दैनिकले यो समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर