पूर्वाञ्चल खबर
विराटनगर महानगर भित्र निर्माण भइरहेको आयोजना अन्तरगत बनेका सडक र नालीको सोमवार गरिएको अनुगमनका क्रममा उनले यस्तो वताएका हुन् । आयोजनाले बनाएका सडक र नालीसँग जोडिएका सवै शाखा बाटोहरु क्लियर नहुँदा पानी जम्ने खतरा बढेको छ । वर्षादको समय नजिकिदै जादा उत्पन्न समस्या समाधानका लागि उचित विकल्प निकाल्न आवश्यक भएकाले अनुगमन गरिएको मेयर पराजुलीले जानकारी दिए । उनले बर्षादको समय अगावै निर्माणाधिन सडकको काम सकाउन र अबरोध आएका नालाहरु तत्काल सफा गर्न संवन्धित ठेकेदारलाई निर्देशन दिए । विभिन्न स्थानमा भइरहेका विकास निर्माणका क्रममा उत्पन्न स्थानीयको समस्या तत्काल सम्वोधन गर्न उनले आग्रह गरे ।
विराटनगर स्थित दुधफारम ,आयनिगम ,कञ्चनवारी ,बरगाछी र मुनालपथका विभिन्न भागमा अनुगमन गरिएको थियो । अनुगमनमा सम्वन्धित कम्पनिका ठेकेदार ,प्रदेशसभा सदस्य केदार कार्की ,वडाअध्यक्ष विनोद वस्नेत ,इन्जिनियर र स्थानीयहरुको सहभागिता रहेको थियो ।