पूर्वाञ्चल खबर
संघिय व्यावस्था अनुसार बनेको प्रदेश सरकारले पहिलो पटक पूर्ण आकारको ३५ अर्ब ९३ करोड ६० लाख रुपैया बरावरको अनुमानित आय व्याय सार्वजनिक गरेको हो ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूर्वाधार तर्फ ५१. ५ प्रतिशत अर्थात १८ अर्ब ५० करोड ९२ लाख बजेट विनियोजन गरेको छ भने चालु तर्फ ४१.५ प्रतिशत अर्थात १४ अर्ब ९२ करोड १८ लाख रुपैया बजेट विनियोजन गरेको हो ।
कृषि र पर्यटन पूर्वाधार क्षेत्रको विकासमा केन्द्रित बजेटले जलविद्युत, औद्योगिक क्षेत्र, शिक्षा स्वास्थ्य, यातायात बातावरणलगायत क्षेत्रलाई समेटेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इनद्रबहादुर आङ्बोले ‘सबैभन्दा बेस १ नम्बर प्रदेश ’ नारा सहित बजेट पेस गरेका हुन् ।