AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अमेरिका लैजाने भन्दै नाइजेरिया पुर्‍याएर बन्धक बनाइयाे २३ नेपालीलार्इ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ जेष्ठ २०७५, शनिबार ०८:०६
3
Shares
काठमाडौं / अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्याण्ड हुँदै नाइजेरिया पुर्‍याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन्।

बिचल्लीमा पारिएकामध्ये बाग्लुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएकार मानव तस्करको समूहले उनीहरुलाई लेगोसको एउटा होटलमा बाहिरसमेत निस्कन नदिई राखिएकाे छ ।

उनीहरुको सबैको पासपोर्ट जफत गरी तस्करले नै गैरकानुनी हैसियतमा राखिएको छ । अमेरिका जान उनीहरूले प्रतिव्यक्ति २५ लाख रुपैयाँसम्म दलाललाई बुझाएका थिए। यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर