AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सातौ राष्ट्रिय खेलकुद मिति नजिकियो, मैदान अधुरै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७३, मंगलवार १९:४२
3
Shares
२१ मंसिर,विराटनगर/ सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने मिति १७ दिन पर छ । प्रतियोगिताको मिति नजिकिदै गएपनि मैदान भने अझै अधुरै छ ।15403111_1026062164172013_1135017725_nमोरङको बैजनाथपूरमा निर्माण गरिएको क्रिकेट मैदान अझै अधुरै छ । क्रिकेट मैदानमा दुईवटा पिच बनाइदैछ । भने मैदान सम्याउने काम पनि चलिरहेको छ ।
15328312_1026062050838691_1917475402_n
सातौ राष्ट्रीय खेलकुद सचिवाल प्रमुख लवभक्त श्रेष्ठ एकसाता भित्र मैदान तयार हुने दावि गर्छन । तर एक साता भित्र मैदान तयार हुने अवस्था छैन ।15356888_1026062274172002_1840281316_n
क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने मैदानमा माटो भर्ने, झार बिछ्याउने र पिच बनाउने काम एकै साथ सञ्चालन भैरहेको छ ।img_20161205_144456
श्रेष्ठ प्रतियोगिता सञ्चालन अगावै मैदान तयारी अवस्थामा आउने बताउछन् । तर क्रिकेट सम्बन्धी जानकारहरु एकसाता भित्र मैदान तयार भएपनि खेल्न योग्न भने हुने छैन । ‘क्रिकेट मैदान बन्दै गरेको मैलेपनि हेरे । नेपाल क्रिकेट संघ, क्यानका उपाध्यक्ष नरेश श्रेष्ठ भन्छन् ‘ तर खेलाडी खेल्न मान्छन जस्तो मलाई लाग्दैन ।’ मैदान पूर्ण रुपले तयारी अवस्थामा आइनसक्ने कारण खेलाडी खेल्न नमान्ने उनी बताउछन् ।
पुस ८ गते देखि १५ गते सम्म सञ्चालन हुने प्रतियोगिताकालागि आवश्यक अन्य पूर्वाधार तयार छन् । तर क्रिकेटको पिच नै तयार हुन नसकेको हो ।
क्रिकेट पिच खेल्न योग्य बनाउन करिव ३ महिना समय लाग्ने जानकारहरु बताउछन् । फुटबल खेल्ने रंगसाला तयार छन् । व्याट विण्टन लगायत अन्य खेल खेलाउने क्षेत्र तय भएपनि क्रिकेट मैदान बनाउन ढिलो सुरु गरेकाले खेल्न योग्न बन्नेमा संका उत्पन्न भएको हो ।
तयारी नपुगेकै कारण विराटनगरमा हुने भनिएको महिला फुटवल सुनसरीको दुहवीमा सारिएको थियो । विराटनगर सहिद रंगसालामा आयोजना गर्ने भनिएको प्रतियोगिता अन्तिम समयमा दुहवी सारिएको हो ।

मोरङको झापा बैजनाथपूरमा रहेको मैदान पूर्व क्षेत्रको एक मात्र क्रिकेट मैदान हो । क्यान उपाध्यक्ष श्रेष्ठ बैजथानपूरमा बन्दै गरेको मैदानमा खेलाडीले खेल्न नमाने कहा खेलाउने भन्ने अन्योलता रहेको बताउछन् । ‘आउदो मार्चमा नेपालले केन्यासँग खेल्दैछ ।
उनी भन्छन् ‘ अन्तराष्ट्रिय स्तरका खेलाडीहरुले पूर्ण रुपले तयार नभएको मैदानमा खेल्न मान्दैनन जस्तो लाग्छ मलाई ।’ राष्ट्रिय खेलकुद परिषदले समयमा नै तयारी नगरेका कारण मैदान बन्न ढिलो भएको उनी बताउछन् । तर प्रतियोगिताको सचिवालय प्रमुख लवभक्त श्रेष्ठ पुस १ गते अघि नै सवै मैदान तयारी अवस्थामा हुने बताउछन् ।
संसद टोली मैदानमा
सातौ राष्ट्रिय खेलकुदमा लङ्ग टेनिस र क्रिकेटका लागि प्रयोग हुने मोरङ स्थित बैजनाथपुर खेल मैदानको आज मंगलबार अनुगमन भएको छ ।
सांसद र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सहितको टोलिले खेलमैदानमा भईरहेको निर्माण कार्यको प्रगतिको वारेमा जाचबुझ गरेका थिए । अनुगमनमा सांसद महेश आचार्य,भुटनीदेवी खवास ,पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकाश समिति र मोरङ जिल्ला खेलकुद विकाश समितिका प्रतिनीधि लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले खेलकुदको तालिका र मिति अव परिबर्तन नहुने बताए । उनले तोकिएकै मितिमा खेल हुनेमा विस्वस्त रहन खेलकुदकर्मीहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर