पूर्वाञ्चल खबर
कान्तिपुर कलेजबाट सुरु भई ¥याली ट्राफिक चौक, जलजला मोड, हस्पिटल चौक हुदै प्रदेश सभा कार्यालय पुगेर समापन भएको थियो ।
¥यालीमा कक्षा ५ देखि कक्षा १० सम्मका २ सय ५० विद्यार्थीहरु सहभागी रहेको स्कूलका भाइस प्रिन्सिपल देविलाल महतो जानकारी दिए । कार्यक्रम सुरु हुनु पूर्व भाइस प्रिन्सिपल महतोले धुम्रपान र यसको असर साथै न्यूनिकरणका लागि चाल्नु पर्ने कदम बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । भाइस प्रिन्सिपल महतोले विद्यालयले सामाजिक विकृति विरुद्ध पुनः यस्ता खाले कार्यक्रम सञ्चालनमा ल्याइने समेत बताए ।
¥यालीको उद्घाटन विद्यालयका सञ्चालक प्रोफेसर डाक्टर तेजनारायण मण्डलले गरे । ¥यालीमा सञ्चालक शंकर काफ्ले, भुवन नेपाल, हिमाल वराललगायत शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो ।