पूर्वाञ्चल खबर
कार्यक्रममा यस वर्ष विभिन्न कक्षामा नयाँ भर्ना भएका दुई सय तेह्र जना छात्र छात्रालाई स्कूलमा अध्ययनरत विधार्थीहरुले विभिन्न साङगीतिक कार्यक्रम गरी स्वागत गरेका थिए । उक्त कार्यक्रममा प्रिन्सिपल परेश पोखरेलले स्कूलका नीति, नियम तथा भावी योजनाका वारेमा जानकारी गराए ।
कार्यक्रममा स्कूलका अध्यक्ष जीतनारायण थापा मगर, संस्थापकहरु सरीताकुमारी राना, जनक ढकाल, रेवन्तकुमार श्रेष्ठ, चन्द्रमणि रिजाल, तुलसी खतिवडा, आर.सी कोइरालालगायतको उपस्थिति थियो । जेभियर्सको पठन–पाठन तथा शैक्षिक वातावरणलाई विश्वास गरी नयाँ भर्ना भएका विद्यार्थीहरु तथा अभिभावकहरुको भावनालाई मध्यनजर गरी शैक्षिक उन्नयनलाई थप उजागर गर्दै यस क्षेत्रकै नमुना विद्यालय वनाउने प्रिन्सिपल परेश पोखरेलले वताए ।