AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कुनै पनि दिन पार्टी एकता हुन सक्छ : प्रधानमन्त्री ओली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७५, बुधबार ०६:२९
3
Shares
फाइल तस्वीर
काठमाडौँ/ प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा एमाले-माओवादी एकता हुने बताएका छन्।

युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गरे।

उनले भने, “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई/तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ। पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ।” यो खबर आजको नागरिक दैनिकमा छापिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर