पूर्वाञ्चल खबर
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार पारको संघीय निजामती कर्मचारी ऐनको मस्यौदामा जागिरे अवधिभरिमा एकपटक मात्रै आरक्षण दिने व्यवस्था गरिएकाे छ ।
मस्यौदा पास भएपछि निजामती सेवामा जनजाति, महिला, दलित, अपांग र पिछडिएका वर्गले पाउने आरक्षण अन्तर्गत एक जनाले एकपटक मात्रै आरक्षण आउनेछन्। आरक्षण पाउने जाति र वर्गअन्तर्गत एकै व्यक्तिले सधैं पाइरहने अवस्था रोक्न यस्तो व्यवस्था गर्न लागिएको हो। आजको आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।