AArya
RUMPUM
animated ellipse animated ellipse

कर्मचारी समायोजनको माग गर्दे मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७५, बुधबार १७:१५
3
Shares
विराटनगर / अस्पताल विकास समितिमा कर्मचारीको समायोजनको माग गर्दे आज प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाइएको छ ।

अस्पताल विकास समितिका कर्मचारी युनीयन प्रदेश नम्बर १ का प्रमुख बद्रीप्रसाद दाहालले मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन बुझाएका हुन् । उनले अस्पताल विकास समिति नियमावली जारी भै व्ववस्थापन गरिएका विभिन्न केन्द्रीय , क्षेत्रीय, उपक्षेत्रीय , अञ्चल तथा जिल्ला अस्पतालहरुमा विकास समितिमा कार्यरत कर्मचारीहरुको सम्बन्धमा उक्त समायोजन विद्येयकमा कुनै पनि सम्बोधन नगरिएको र स्थानीय स्वायत्त शासन ऐन अन्तर्गत संचालनमा रहेका नगरपालिका तथा तत्कालीन जिविसका कर्मचारीहरुका विषयमा कुनै व्यवस्था नगरिएको हुदा उक्त कर्मचारी समायोजन विद्येयक २०७४ मा छुट भएका कर्मचारीहरुको व्यवस्थाको लागि पहल गर्न अनुरोध गरे ।

ज्ञापन पत्र बुझ्दै मुख्य मन्त्री राईले समायोजनका लागि आफूले लागि पर्ने बताए । कार्यक्रममा अस्पताल विकास समितिका कर्मचारी युनीयन प्रदेश नम्बरका अध्यक्ष सुरेश रेग्मीलगायतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर